पत्नी सीताको उपचारका लागि प्रचण्ड भारत जाँदै


नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमवार भारत जाने भएका छन् ।

आफ्नी श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जाने भएका हुन् ।आफू भारत जाने कुरा उनले आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकलाई जानकारी गराएका थिए ।
सीतालाई उपचारका लागि यसअघि भारत र थाइल्याण्ड लगायतका अस्पतालमा लगिएको थियो ।

प्रचण्डपत्नी दाहाल लामो समयदेखि अस्वस्थ रहँदै आएकी छन् । पार्किन्सनको बिरामी रहेकी सीता सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *