प्रधानमन्त्रीले स्पष्टीकरण नदिए संसद् चल्दैन : प्रचण्ड


नेपाल विद्युत प्राधिकरणबाट बर्खास्त गरिएका कुलमान घिसिङबारे संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण दिनैपर्ने प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले अडान राखेका छन् । प्रधानमन्त्री ओलीले संसदमा दिएको स्पष्टीकरण चित्त बुझेन भने आन्दोलन अघि बढ्ने उनको चेतावनी छ ।

‘लामो अहिले केही भन्नु छैन । प्रधानमन्त्रीले आएर रोष्ट्रममा जवाफ नदिएसम्म हाउस चल्न सक्दैन । प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ । उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ’ प्रचण्डले बुधबार पत्रकारहरुसँग भने, ‘स्पष्टीकरण चित्तबुझ्दो भयो भने तुरुन्तै हाउस चल्छ । स्पष्टीकरणमा पनि जालझेलको भयो भने चाहिँ आन्दोलन अगाडि बढ्छ ।’प्रधानमन्त्रीसँगको भेटमा आफूले सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) का विषयमा मात्रै छलफल गरेको तर सिंहदरबारबाट बाहिरिनासाथ ‘माओवादीले टीआरसीसँग कुलमान साट्यो’ भनेर झूठो प्रचार गरिएको प्रचण्डको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *