५६ अंकले घट्यो सेयर बजार, सबै उपसूचकमा गिरावट

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज ५५.९० अंकले घटेर २५८४.९० को विन्दुमा आइपुगेको छ ।
मंगलबार नेप्सेमा कारोबार भएको ३२५ कम्पनीको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ७ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ ।
बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ । मंगलबार नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूलय प्रतिकित्ता ९.९७ प्रतिशतले घटेको छ ।
त्यसैगरी, सपोर्ट माइक्रोफाइनान्सको ७.८९ प्रतिशत, सिन्धु विकास बैंकको ६.९२ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको ६.९० प्रतिशत, विन नेपाल लघुवित्तको ६.८२ प्रतिशतले सेयर मूल्य घटेको छ ।