तोलामा ८०० घट्यो सुनको मूल्य


घरेलु बजारमा पहेंलो धातु सुनको मूल्य घटेको छ । केहि दिनदेखि सुनको मूल्य निरन्तर बढेर नयाँ उचाई कायम गर्दै आएको थियो । यो दिन सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेर प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँ थियो । यसैगरी, यो दिन चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ ।

यसैगरी,नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३३ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६१२ रुपैयाँ कायम भएको छ ।

यसैगरी, यो दिन अमेरिकी केन्द्रीय बैंक फेडले ब्याजदर कटौती गर्ने घोषणा गरेसँगै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य ०.२७ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *