प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्दै रास्वपा


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाखमा हुने महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यहरू प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने भएको छ। 

मंगलबार (आज) देखि राष्ट्रिय भेला गरिरहेको रास्वपाले कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूको निर्वाचन गर्ने प्रवक्ता मनिष झाले बताए ।

पार्टीको पहिलो महाधिवेशन वैशाखको तेस्रो साता गर्ने र प्रत्यक्ष निर्वाचनमा जाने टुङ्गो लागेको झाको दाबी छ। अहिले राजसभामा ६३ जना केन्द्रीय सदस्य छन् । महाधिवेशनपछि १२१ जना केन्द्रीय सदस्य रहने विधान बनाउने उनले जानकारी दिए । 

यस्तै, तीन उपसभापतिमा एकजना तथा महामन्त्री १ र सहमहामन्त्री २ मध्ये एक महिला अनिवार्य गर्ने व्यवस्था गर्न लागिएको झाको भनाइ छ।रास्वपामा अहिले पदाधिकारी सङ्ख्या ११ छ । नयाँ विधानमा १५ जना पदाधिकारी रहने प्रस्ताव गरिएको झाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *