दुईतिहाइको अहंकार र घमण्ड नदेखाए हुन्छ


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् ।

धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सरकारको सुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएपछि दुईतिहाइको अंहकार बंगलादेश र श्रीलंकाको हालत हुने भने सम्झाएको बताए ।

‘दुईतिहाइको अंहकार नदेखाउनु भनेर सम्झाएको मात्रै छु,’ उनले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारतिर लक्षित गर्दै भने भने, ‘उहाँहरूले अलिक बढी गर्न थाल्नु भए भ्रष्टाचारविरुद्ध सडकमा आउँछौं ।’

आफ्नो नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियान नरोक्न पनि उनले सचेत गराए ।

‘दुई तिहाइको घमण्ड नगर्नुस्, तपाईंहरू सुध्रिनुस्, राम्रो कामको समर्थन नै हुने छ तर तर तपाईंहरूको लक्षण राम्रो गर्ने देखिएको छैन । गल्ती गर्दै गए प्रतिपक्षले छाड्दैन, अहिले सचेत मात्रै गराइएको हो’, दाहालले भने ।

अहिले दुईतिहाइका नाममा संविधान संशोधनको विषय ल्याउन खोजिएको उल्लेख गर्दै प्रचण्डले समावेशी, समानुपातिक व्यवस्थामा घात हुन्छ कि भन्ने शंका पैदा भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *