टीआरसी विधेयक राष्ट्रिय सभाबाट स्वीकृत


प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ।

सभाको आइतबारको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेकोमा सर्वसम्मतिले स्वीकृत भएको हो। अध्यक्ष दाहालले प्रस्ताव सर्वसम्मतिले स्वीकृति भएको घोषणा गर्दै विधेयकमा संशोधन राख्न चाहने सदस्यलाई राष्ट्रिय सभा नियमावली २०७५ को नियम १०६ बमोजिम सभा अन्तर्गतको विधेयक शाखामा प्रस्ताव दर्ताको निम्ति आग्रह गरे।

यसअघि कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रतिनिध सभाबाट सन्देशसहित प्राप्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेस गरेका थिए। विधेयकमाथिको छलफलमा सांसदहरू पदमबहादुर परियार, रेणु चन्द, विष्णुबहादुर विश्वकर्मा, रुक्मिणि कोइराला, किरणबाबु श्रेष्ठ र मायाप्रसाद शर्माले भाग लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *