५० प्रतिशतले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा


हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नाफा ५०.०८ प्रतिशतले बढेको छ । कम्पनीले गत वर्ष ६६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष ४४ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीका अन्य सूचक पनि सकारात्मक देखिएका छन् । खुद आर्जित बीमाशुल्क ३६.९४ प्रतिशत, कुल आम्दानी ४४.१४ प्रतिशत, खुद दाबी भुक्तानी ५६.६० प्रतिशत र कुल खर्च ३७.४४ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । ७ रुपैयाँ ३८ पैसा बढेर २६ रुपैयाँ ७२ पैसा प्रतिशेयर आम्दानी पुगेको छ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ८३ पैसा रहेको र मूल्य आम्दानी अनुपात २३.६५ गुणा रहेको छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । जसमध्ये विशेष जगेडामा १ अर्ब ७४ करोड रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ३७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३८ करोड रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *