फेरि तोलामा डेढ लाख नाघ्यो सुनको भाउ


मंगलबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला २ हजार १ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो ।

यस्तै आज चाँदीको मूल्य पनि केहि उकालो लागेर प्रतितोला १७ सय ४० रुपैयाँ पुगेको छ । यसअघि सोमबार चाँदी प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *