‘माओवादीसँग न जनाधार छ, न त देखाउन लायक काम’


नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले यतिखेर आफूहरूसँग केही सीमित उपलब्धि बाहेक कुनै देखाउन लायक काम नभएको जनाएका छन्‌ ।

जारी पार्टी स्थायी कमिटी बैठकमा पेश प्रतिवेदनमा शर्माले पार्टी क्षयीकरण हुनुका १० कारण उल्लेख गर्दै माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिहरू ‘आखिर के का लागि ?’ भन्ने प्रश्न उठेको लेखेका हुन्‌ ।

शर्माले माओवादी पार्टीको पछिल्लो कमजाेर अवस्थाबारे पनि प्रतिवेदनमा खुलेर लेखेका छन्‌ । ‘माओवादी पार्टी योजनाविहिन र सङ्गठनविहिन बन्न पुग्यो, आज हामीसँग संविधानका अलावा न जनाधार छ, न सङ्गठन छ’, शर्माले प्रतिवेदनमा लेखेका छन्‌, ‘केही सीमित उपलब्धि बाहेक न कुनै देखाउन लायक कामहरू छन्‌, न हाम्रो मौलिक विकासको मोडेल छ ।’

माओवादीको एजेण्डा खोसिँदैए जाँदा आफूहरूलाई माया गर्ने वर्ग, जाति, समुदाय टाढिएको पनि शर्माले उल्लेख गरेका छन्‌ । तर, त्यसो हुनुमा आफूहरूकै व्यवहार र निर्णय कारक रहेको उनले जनाएका छन्‌ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *