सरकारले संसद् पनि चल्न नदिने र समिति पनि नबनाउने रणनीति लियो
नेपाली कांग्रेसले सरकारले संसद् पनि चल्न नदिने र संसदीय छानबिन समिति पनि बनाउन नदिने रणनीति लिएको निष्कर्ष निकालेको छ ।
शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारीहरूको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा महामन्त्री गगन थापाले संसद्को अवरोध हटाउन सरकार र सभामुख संवेदनशीन नबनेको आरोप लगाए ।
“सरकारले जसरी पनि संसद् पनि चल्न नदिने र संसदीय छानबिन समिति पनि बनाउन नदिन खोजेको निष्कर्ष हामीले निकालेका छौँ,” थापाले भने ।
उनले आफूहरू सरकारसँग चाहिनेभन्दा बढी लचक भइरहँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाए ।