भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द


भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र चट्याङसहितको खराब मौसमका कारण विद्यालय र कलेजसहित सबै शैक्षिक संस्था मंगलबारसम्म बन्द रहने राज्यका मुख्यमन्त्री एन. बिरेनले बताएका छन् । 

राज्यमा विगत दुई दिनदेखि विशेषगरी आइतबारदेखि परेको अविरल वर्षाले स्थानीयवासीको जनजीवन प्रभावित भएको छ ।

 इम्फाल पश्चिम क्षेत्रको कान्चिपुरतेरालगायत राज्यका विभिन्न भागमा असिनाले जस्ताको छानामा प्वाल परेकोले धेरै घर र सवारी साधनमा क्षति पुगेको द हिन्दु अखबारले रिपोर्ट गरेको छ । इम्फाल पश्चिम जिल्ला उत्तरपूर्वी भारतको मणिपुर राज्यको १६ जिल्ला मध्ये एक हो । यो राज्यको सबैभन्दा जनसङ्ख्या भएको जिल्लासमेत हो

राज्यमा विद्यमान मौसमी अवस्थाका कारण आज र भोलि सबै स्कूल र कलेजहरू बन्द रहनेछन् । वर्तमान मौसम अवस्थाले निम्त्याउने जोखिमविरुद्ध सावधानीका रूपमा यो निर्णय लिइएको मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत जानकारी दिए। 

उनले सबैलाई अपडेट रहन र घरभित्र सुरक्षित रहन आग्रह गर्दै राज्य सरकारले जीवन र सम्पत्तिको रक्षा गर्न र प्रभावितलाई सहयोग गर्न सबै आवश्यक उपायहरू गरिरहेको बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *