सय रुपैयाँको नोटको डिजाइन परिमार्जन गरिने
सरकारले सय रुपैयाँको नोटको डिजाइन परिमार्जन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
‘नेपालमा हाल चलनचल्तीमा रहेको रुपैयाँ १०० –एक सय) दरको बैंक नोटको अग्र भागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी रुपैयाँ १०० दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने’, बैठकको निर्णयमा उल्लेख छ ।
त्यस्तै, बैठकले विश्व बैंकबाट उपलब्ध हुने १०० मिलियन अमेरिकी डलर (करिब १३ अर्ब ३३ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने समेत निर्णय गरेको छ । यसका साथै राष्ट्रिय स्टार्टअप उद्यमी नीति २०८० समेत स्वीकृत गर्ने सरकारले निर्णय गरेको छ ।