कालिका लघुवित्तको खुद नाफा करिब १० प्रतिशत घट्यो


चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कालिका लघुवित्त वित्तीय संस्था लघुवित्तले ३ करोड २१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ९ दशमलव ८२ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ३ करोड ५६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।सञ्चालन नाफा पनि ९ दशमलव ८२ प्रतिशतनै बढी भएको छ । गत वर्ष ५ करोड ८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ४ करोड ५८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १ करोड ५२ लाख रूपैयाँभन्दा बढी रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ३७ करोड २३ लाख २१ हजार रूपैयाँ रहेको छ । रिटर्न अर्निग ४ करोड ७३ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने १९ करोड १५ लाख रूपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म १ अर्ब ३० करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ३ अर्ब ६९ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको निक्षेप संकलन साढे ४ प्रतिशत र कर्जा प्रवाह शून्य दशमलव ४९ प्रतिशत घटेको हो । वार्षिक प्रतिशेयर आम्दानी ११ रूपैयाँ ५० पैसा र प्रतिशेयर नेटवर्थ १६४ रूपैयाँ १८ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *