बझाङ उपनिर्वाचन : एमालेका भण्डारीको अग्रता


बझाङ क्षेत्र नम्बर–१ ‘क’को प्रारम्भिक मत परिणाम सार्वजनिक गरिएको छ । प्रारम्भिक परिणामानुसार नेकपा (एमाले)का उमेदवारले अग्रता लिएका छन् ।

एमालेका दमनबहादुर भण्डारीले १५७ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले १३२ मत ल्याएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का दिलबहादूर सिंहले ५१, नेकपा (माओवादी केन्द्र)का उमेदवार जनकबहादुर बुढाले ४७ मत पाएका छन् । यहाँ ११ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *