उपनिर्वाचनमा अभिव्यक्त मतले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न योगदान पुर्‍याएको छ


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा अभिव्यक्त मतले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न योगदान पुर्‍याएको बताएका छन्।शनिबार सम्पन्न उपनिर्वाचनपछि एक वक्तव्यमार्फत् उनले मतदानमा मतदाताले जनाएको सहभागिताबाट फेरि एकपटक नेपाली नागरिकको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको बताएका हुन्।’यो उप–निर्वाचनबाट आउने परिणामले मुलुकलाई लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवं न्यायपूर्ण समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिएको छु’, देउवाको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *