सबैभन्दा बढी रेमिटान्स भित्र्याउने बैंकमा ग्लोबल


नेपाल राष्ट्र बैंकले नेपालमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक र रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको छ । केन्द्रिय बैंकले आफ्नो नेपाल राष्ट्र बैंकले ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा धेरै रेमिट्यान्स भित्र्याएको भन्दै ग्लोबल आइएमई, हिमालयन र नेपाल एसबीआई बैंकलाई सम्मान गरेको हो ।केन्द्रिय बैंकले गत आर्थिक बर्षभरी सर्वाधिक २१.१ प्रतिशत रेमिटेन्स भित्र्याएको भन्दै ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो । यस्तै हिमालयन बैंकले २०.६ प्रतिशत र नेपाल एसबीआई बैंकले १९.१ प्रतिशत रेमिटेन्स भित्र्याएकामा सम्मान गरिएको हो ।यस्तै, बैंक तथा वित्तीय संस्थाबाहेक आएको कुल रेमिटेन्समध्ये २७.५ प्रतिशत रेमिटेन्स भित्र्याउने आइएमईलाई पनि सम्मान गरिएको छ। कम्पनीले १४.९ प्रतिशत रेमिटेन्स भित्र्याउने सिटी एक्सप्रेसले र १२.१ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएका छन् ।

यस्तै राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा संचालक कम्पनी इसेवा र भुक्तानी प्रणाली सेवा प्रदायक खल्तीलाई पनि धेरै रेमिट्यान्स भित्र्याएको भन्दै सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *