राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा छु


नेकपा (एमाले)का नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा रावलले एमालेका नेताहरूको व्यवहारका कारण आफू राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका हुन् ।

उनले महाधिवेशन परिषद् सदस्यको हैसियतमा आफूलाई परिषद् बैठकमा सहभागी हुन नदिएर नियोजित रूपमा निषेध गर्न खोजिएको तर्क गरे । जस्तोसुकै परिस्थिति आए पनि आफू एमालेमा रहनुपर्छ भन्ने मान्यताका साथ अघि बढे पनि गोदावरी अधिवेशनपछि राजनीतिक जीवनको मोडमा धकेलिएको महसुस भएको उनले बताए ।

रावलले भविष्यमा राजनीतिको अर्को घुम्ती कस्तो हुने हो, पछि नै बताउने जिकिर गरे । रावलले कम्युनिस्ट पार्टीले हीरक जयन्ती मनाउँदै गर्दा कम्युनिस्ट एकताको जनताको आकांक्षालाई घात गरेको आरोप लगाए ।

आफूले गरेको गल्तीको दोष अरुलाई दिएर इतिहासले कसैलाई छुट नदिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *