मेरा हिजोका अभिव्यक्तिको गोताखोरी गर्नै पर्दैन


गृहमन्त्री रवि लामिछानेले आफ्ना हिजोका अभिव्यक्ति नखोतल्न आग्रह गर्दै जे कुरालाई हिजो गलत भनिएको हो आज पनि गलत नै रहेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्ना धारणा राख्दै यस्तो बताएका हुन् ।

लामिछानेले ८ वर्ष पहिले सरकारले दिएको बिदालाई व्यङ्ग्य गर्दै बाउको मुख हेर्ने दिनमा पनि दिन भनेका थिए ।

आज कतारका अमिर आउने दिनमा गृह मन्त्रालयले दिएको बिदालाई लिएर सामाजिक सञ्जालमा उनको पुरानो अभिव्यक्ति उत्खनन् भएपछि लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले आफूले भीआईपीको सवारीका बेलामा नागरिकले पाउने सास्ती, करोडौँ खर्च गरेर दिइने पदक, आम माफीका विषयमा आफूले लगातार काम गरिरहेकाले छिट्टै रिजल्ट पनि आउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *