सहकारी ठग र दोहोरो नागरिकता भएकाहरूबाट देश कंगाल भइसक्यो


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र सरकारमा बस्नेहरूको गलत व्यवहारका कारण देश संकटको अवस्थामा पुगेको बताएका छन् ।

नेकपाको ७६औँ स्थापना दिवसको अवसरका नेकपा मसाल रूपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै केसीले सहकारी ठग, ठूलाठूला भ्रष्टाचारमा संलग्न र दोहोरो नागरिकता भएकाहरूबाट देश कंगाल भइसकेको बताए । सत्तामा गएकाहरू साम्राज्यवादीको एजेन्डा बोकेर देशलाई लुटेको आरोप लगाउँदै उनले संसद्‌मा साम्राज्यवादी पसेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *