मधेश प्रदेशका ३१० सहकारी हराए !
मधेश प्रदेशका ३१० सहकारी हराएका छन् । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उक्त सङ्ख्यामा यस प्रदेशका सहकारीहरू सम्पर्कबाहिर रहेको जनाएको हो ।
मधेश प्रदेशको नियमन क्षेत्राधिकार भित्र पर्ने ८ वटा जिल्लाहरूमध्ये धनुष, महोत्तरी, सिराहा र सप्तरीका थरि ४ जिल्लामा रहेका सहकारीहरू हराएका हुन् । जसमा धनुषाका ५६, महोत्तरीका ३९, सिराहाका १२१ र सप्तरीका ९४ वटा सहकारी सम्पर्कबाहिर रहेका छन् ।
मन्त्रालयका शाखा अधिकृत सुनिल थापाका अनुसार यी सहकारीहरू हालसम्म कार्यालयको नियमित सम्पर्कमा आएका छैनन । यी सहकारीहरूले कोपोमिस प्रणालीमा आबद्ध नभएका र आबद्ध भएकाहरू पनि प्रतिवेदन पेश गर्दैनन् ।
मन्त्रालयले सूचना जारी गर्दै यी सहकारीहरूलाई ३४ दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ । तोकिएको समयभित्र सम्पर्कमा नआएमा सहकारी ऐन, २०७९ तथा नियमावली, २०८० बमोजिम कारबाही प्रक्रिया अगाडी बढाइने मन्त्रालयले जनाएको छ ।