स्पेनिस ला लिगा : एथ्लेटिकोसँग भिल्ला रियल पराजित


स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड जित निकाल्दै चौथो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा भिल्ला रियललाई २–१ गोलले हराउँदै एथ्लेटिको चौथो स्थानमा उक्लिएको हो ।

एथ्लेटिकोलाई जित दिलाउन एक्सेल विट्सेलसाउल जिग्गेजले एक–एक गोल गरेका थिए । भिल्लाका अलेक्जेन्डर सोरलोथको एक गोल फर्काए ।

विट्सेलले खेलको नवौँ मिनेटमा एथ्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ५०औँ मिनेटमा भिल्लाका अलेक्जेन्डरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेल सकिन ३ मिनेट बाँकी छँदा एथ्लेटिकोका साउलले गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए ।यो जितसँगै ३० खेलबाट ५८ अंक जोडेको एथ्लेटिको चौथो स्थानमा उक्लिएको छ । पराजित भएको भिल्ला रियल ३८ अंक जोड्दै १०औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *