महालेखापरीक्षकमा तोयम राय सिफारिस


राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम राय महालेखापरीक्षकमा सिफारिस भएका छन् । आइतबार बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले उनलाई सिफारिस गर्ने निर्णय गरेको हो  ।

महालेखापरीक्षकमा पूर्व सचिव गोपिनाथ मैनालीदेखि चार्टर्ड अकाउन्टेन्ट सुबोध कर्ण समेत आकांक्षी थिए । बैठकले रायलाई ६ वर्षका लागि महालेखापरीक्षकमा नियुक्त गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

गत जेठ ६ गते महालेखापरीक्षक टंकमणी शर्माको पदावधि सकिएको थियो । लामो समयदेखि महालेखापरीक्षक नियुकत हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *