शेयर बजारमा दोहोरो अंकको सुधार, २ अर्ब ३५ करोडको कारोबार


मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको सुधार भएको छ । आज नेप्से १०.१४ अंकले बढेर दुई हजार ४१ दशमलव ७० विन्दुमा बन्द भएको हो ।                                                   नेप्सेमा आज २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १६८ वटाको बढेको छ भने ६८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा दोल्ती पावर कम्पनी लिमिटेड, सर्वोतम सिमेन्ट लिमिटेड र वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

आज धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.३५ प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार शिभम् सिमेन्ट लिमिटेडको भएको छ । आज यस कम्पनीको ९ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *