गृहमन्त्रीको प्रश्न : हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पतालमा कसरी ?


प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल गरेका छन् ।

माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई जमानीमा छाडेर अस्पताल लगिएपछि लामिछानेले काउन्सिलका प्रतिनिधिलाई मन्त्रालयमा आमन्त्रण गरी सोधपुछ गरेका हुन् ।

काउन्सिलका प्रतिनिधिलाई मन्त्रालयमा आमन्त्रण गरी मन्त्री लामिछानेले स्वस्थ व्यक्तिसमेत हिरासत छल्ल अस्पतालमा बस्ने प्रवृत्ति रोक्न काउन्सिलबाट सुझाव समेत मागेको सचिवालयको भनाइ छ ।

शुक्रबार भएको छलफलमा गृहमन्त्री लामिछानेले विदेशका व्यवस्थासहित नेपालमा हालसम्म भएका घटना र प्रवृत्तिको अध्ययन बेथिति न्यूनीकरणका उपायसहितको प्रतिवेदन दिन आग्रह गरे ।

यसबारे मन्त्रालयले सोमबार काउन्सिललाई पत्राचार गर्ने बताइएको छ ।

गृहमन्त्रीसँगको छलफल पछि सहभागी काउन्सिलका सदस्य डा कुञ्जसङ शेर्पाले यो प्रवृत्तिबारे गृह मन्त्रालयले पहिलोपटक चासो राखेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *