आईपिएलको उद्घाटन खेलमा चेन्नाई विजयी


विश्वकै प्रसिद्ध टी-२० फ्रेनचाइज इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा चेन्नाई सुपर किङ्ग्स विजयी भएको छ। रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको हो।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको बैंग्लोरले ६ विकेटको क्षतिमा १७३ रन बनाएको थियो। बैंग्लोरले दिएको १७४ रनको लक्ष्य चेन्नईले १८ दशमलव ४ बलमा भेट्टाएको हो। आठ बल खेल्न बाँकी हुँदै चेन्नईले चार विकेटको क्षतिमा १७६ रन बनाउँदै आईपिएलको यो सिजनको पहिलो जित निकालेको हो।

चेन्नईको जितमा रचिन रवीन्द्रले सर्वाधिक ३७ रन बनाए । अजिङ्क्य रहाणेले २७ रन बनाउँदा डेरेल मिचेलले २२ रनको योगदान दिए । चेन्नईका शिवम दुवेले ३४ र रविन्द्र जडेजाले २५ रन बनाए । चेन्नईको इनिङलाई कमजोर पार्न बैंग्लोरका क्यामरुन ग्रीनले २, यश दयाल र कर्ण शर्माले १/१ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए । ओपनर विराट कोहली २१ रनमा आउट हुँदा रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा रोकिए । अनुज रावतले ४८ रन बनाएर रन आउट हुँदा दिनेश कार्तिक २८ रनमा नटआउट रहे । चेन्नईका मुस्तफिजुर रहमान एक्लैले ४ विकेट लिए ।महेन्द्र सिंह धोनीले कप्तानी छोडेपछि चेन्नई ऋतुराज गायवाडको कप्तानीमा मैदानमा थियो। बैंग्लोर भने फाफ डु प्लेसीको कप्तानीमा छ। उद्घाटन खेल भएकाले यसलाई धेरैले महत्त्वका साथ हेरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *