खेलकुदमन्त्री श्रेष्ठ र आईसीसी अध्यक्षबीच भेटवार्ता


युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र आईसीसी अध्यक्ष ग्रेग बार्कलेबीच युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा भेटघाट भएको छ । भेटघाटमा मन्त्री श्रेष्ठ र बार्कले नेपाली क्रिकेटको विकास र अभिवृद्धिबारे विशेष छलफल गरेका थिए ।

नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्त्वलाई पहिचान गर्दै नेपालको क्रिकेट विकासको प्रयासलाई सहयोग गर्न आईसीसी उत्साहित र प्रतिबद्ध रहेको अध्यक्ष ग्रेग बार्कलेले जानकारी गराए ।

यस्तै, मन्त्री श्रेष्ठले आईसीसीको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तिकरण र राष्ट्रिय गौरवको माध्यमका रूपमा प्रवर्द्धन गर्न मन्त्रालय अडिग रहेकोमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *