नेपाली खेलकुद एकैदिनमा उँधो गतिमा लागेको होइन


युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुद एकैदिनमा उँधो गतिमा नपुगेको बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्ज (एनएसजेएफ)को आयोजनामा मंगलबार भएको अन्तर्क्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले चरणबद्ध रूपमा नेपाली खेलकुद उँधो गतिमा गएको धारणा राखेका हुन् । मञ्चले मन्त्री श्रेष्ठसँग परिचयात्मक र अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी ‘देवेन्द्र’ले नवनियुक्त खेलकुदमन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको खेलकुद विकासका लागि बजेट अपर्याप्त रहेको बताएका छन् । “नेपालीको खेलकुदमा आउनु बजेट धेरै न्यून र अपर्याप्त छ । चाहे जस्तो खेलकुद विकास गर्न यो बजेट पर्याप्त छैन,” मन्त्री श्रेष्ठले भने ।

देशभित्र राष्ट्रिय एकतामा कमी आइरहेको अवस्थामा त्यसमा काम गर्न खेलकुद क्षेत्र आफ्नो रोजाइमा परेको मन्त्री श्रेष्ठले प्रष्ट्याएका छन् । उनले मन्त्रालयलाई अधिकारबाट सीमित गरिएको पनि बताएका छन् । ‘खेलकुद मन्त्रालयले जिम्मेवारी लिनुपर्ने धेरै छन् । तर, अधिकारको सवालमा भने मन्त्रालयलाई सीमित घेरामा राखिएको छ,” मन्त्री श्रेष्ठले भने । मन्त्री श्रेष्ठले सरोकार निकाय राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी (एनओसी) र खेल संघबीच ट्य्रान्गुलर आकारमा रहेकाले नेपाली खेलकुदको विकास राम्रोसँग हुन नसकेको औंल्याएका छन् । खेलको वर्गीकरण नेपाली खेलकुदको आवश्यकता बनेको मन्त्री श्रेष्ठको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *