एक वर्षमा २४.५ प्रतिशतले बढ्यो वित्तीय क्षेत्रको वैदेशिक सम्पत्ति


वित्तीय क्षेत्रको वैदेशिक सम्पत्ति एक वर्षमा २४.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय क्षेत्र सर्वेक्षणमा यस्तो देखिएको हो ।

उक्त सर्वेक्षण अनुसार वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २०७९ असार मसान्तमा रु.११४९ अर्ब ६४ करोड रहेकोमा २४.५ प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा रु.१४५२ अर्ब ३ करोड पुगेको छ । वित्तीय क्षेत्रको यस्तो सम्पत्ति २०७८ असार मसान्तमा रु.१३७० अर्ब ५२ करोड र २०७७ असार मसान्तमा रु.१३२६ अर्ब ३४ करोड रहेको थियो ।त्यस्तै, वित्तीय क्षेत्रको आन्तरिक दावी २०७९ असार मसान्तमा रु.६३०५ अर्ब ८१ करोड रहेकोमा ८.६ प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा रु.६८५० अर्ब ३० करोड पुगेको छ । वित्तीय क्षेत्रको यस्तो दावी २०७८ असार मसान्तमा रु.५४५३ अर्ब र २०७७ असार मसान्तमा रु. ४३२९ अर्ब १० करोड रहेको थियो ।

वित्तीय क्षेत्रको नेपाल सरकारमाथिको खुद दावी २०७९ असार मसान्तमा रु. ७५३ अर्ब २८ करोड रहेकोमा ३५.८ प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा रु.१०२३ अर्ब ९ करोड पुगेको छ । वित्तीय क्षेत्रको यस्तो दावी २०७८ असार मसान्तमा रु.५९५ अर्ब ३० करोड र २०७७ असार मसान्तमा रु.४६५ अर्ब २६ करोड रहेको थियो ।वित्तीय क्षेत्रको सार्वजनिक गैर–वित्तीय संस्थान माथिको दावी २०७९ असार मसान्तमा रु.३२ अर्ब ४४ करोड २९ लाख रहेकोमा २०८० असार मसान्तमा रु.३२ अर्ब ४४ करोड २४ लाख रहेको छ । वित्तीय क्षेत्रको यस्तो दावी २०७८ असार मसान्तमा रु.३५ अर्ब ८२ करोड र २०७७ असार मसान्तमा रु.३६ अर्ब ७२ करोड रहेको थियो ।

वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दावी २०७९ असार मसान्तमा रु.५५२० अर्ब ९ करोड रहेकोमा ५.० प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा रु.५७९४ अर्ब ७६ करोड पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *