मन्त्रीको हेरफेर हुनसक्छ, वर्तमान गठबन्धन पाँच वर्षसम्म
परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन् ।
कांगे्रस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ३ रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले प्रजातन्त्र रक्षाका निम्ति गठबन्धनको आवश्यकता औँल्याए ।“जनताबाट अनुमोदित गठबन्धन भएकाले मन्त्रीको हेरफेर हुनसक्छ, उचित सहमतिका आधारमा प्रधानमन्त्रीको हेरफेर हुनसक्छ । तर, गठबन्धन पाँच वर्षका लागि चलाउनुपर्छ,” मन्त्री साउदले भने, “प्रजातन्त्र रक्षाका लागि, पार्टी र राष्ट्रका लागि, राष्ट्रमा स्थिरताका लागि यो आवश्यक र उपयुक्त छ ।”