गरी खाने मान्छेमाथिको अमानवीय र गैरकानुनी दमन गलत


नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले काठमाडौं महानगरपालिका प्रहरीले ‘फुटपाथ व्यापारीहरूमाथि गरेको धरपकड’को विरोध गरेका छन् ।

उनले सहरहरू सम्पन्नहरूले मात्र सयर गर्ने थलो नभएर साधारण मान्छेहरूले पसिना चुहाएर जीवन धान्ने ठाउँ पनि भएको बताएका छन् ।

“गरी खाने मान्छेमाथिको अमानवीय र गैरकानुनी दमन गलत हो । बन्द गर, धरपकड र दमन,” फेसबुकमार्फत बास्कोटाले भनेका छन् ।

बुधबार साँझ महागर प्रहरी र फुटपाथ व्यापारीबीच काठमाडौंको सुन्धारा अगाडि झडप भएको थियो । जसमा फुटपाथ व्यापारी र महानगर प्रहरी घाइते भएका  थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *