घुस लिँदालिँदै समातिएका नापी अधिकृतसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा


सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेका नापी कार्यालय ललितपुरका नापी सर्भेक्षक रामवीर यादवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार कसुरमा मुद्दा दायर गरेको हो।

अधिकृत यादवविरुद्ध जग्गा कित्ताकाँट गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस मागिरहेको भन्ने उजुरी परेको थियो। माघ ९ गते अख्तियार टोलीले सर्भेक्षक यादव, लेखापढी काम गर्ने दिनेश बन्जरा र विनोद अधिकारीलाई सेवाग्राहीबाट दुई लाख ५० हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धान क्रममा यादवले सेवाग्राहीसँग जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पूर्जा बनाई दिएवापत घुसररिसवत दुई लाख ५० हजार रुपैयाँ माग गरेको पाइएको थियो। माग गरेको घुस रकममध्ये जग्गा कित्ताकाट गर्नेरगराउने प्रयोजनको लागि एक लाख ५० हजार रुपैयाँ रकम विचौलिया विनोद अधिकारीलाई लिन लगाएका आयोगले जनाएको छ।

जग्गाधनी पूर्जा बनाउन लगाएरबनाई दिएबापत मालपोत कार्यालय, ललितपुरका नायब सुब्बा प्रदीप पौडेलले समेत माग गरेका थिए। उनले सो रकम लेखापढी व्यवसायी आशिषराज बस्नेत हुँदै लेखापढीको काम गर्ने दिनेश बन्जारालाई लिन लगाई बुझेका थिए।

अख्तियारले पाँचै जनाले आपसी मिलोमतोमा जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पूर्जा बनाउनरबनाई दिएवापत घुसररिसवत लिए लिन लगाएको पुष्टि भएको जनाएको छ। उनीहरू सबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुरमा बिगो, कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना हुन मागदाबी लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *