संसद् पुनःस्थापना नहुने ओलीको घोषणा,के यो संकेत हो?


काठमाडौं । प्रधानमन्त्री केपी शार्मा ओलीले प्रतिनिधिसभा विघटन संवैधानिक भएको दाबी गर्दै संविधानको धारा नै उल्लेख गर्दै पुनःस्थापनाको व्यवस्था संविधानमा नै नरहेको बताएका छन् ।
ओलीले भने, “कतिले भन्छन्, संविधानले होइन राजनीतिक आग्रहबाट विघटन भयो, संविधानमा विघटनको कुरै लेखेको छैन । संविधानको धारा ७६ को उपधारा ७ – प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नेछ र नयाँ निर्वाचनका लागि मिति तोक्नेछ । निर्वाचनको मिति तोक्ने अधिकार राष्ट्रपतिलाई छ ।”

प्रतिनिधिसभा विघटन भएपछि उनको कदम असंवैधानिक भएको भन्दै सत्तारुढ नेकपाको एउटा समूह पुनःस्थापनाको माग गर्दै आन्दोलनमा छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताइसकेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरु सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छन् ।

यस्तो बेला प्रधानमन्त्रीले संविधानको धारा र उपधारा नै ‘कोट’ गरेर गरिएको दाबीले गम्भीर संकेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *