नेप्सेमा दोहोरो अंकको सुधार, चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १४.५७ अंकले बढेर दुई हजार ७६ दशमलव २७ विन्दुमा बन्द भएको हो ।
आज २ अर्ब ४३ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १४८ वटाको बढेको छ भने ८६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज नेपाल दुरुसञ्चार कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।
त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ६.७८ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको १८ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।