एमालेले डाक्यो संसदीय दलको बैठक


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक डाकेको छ ।

एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार दुई दिन बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन् ।बैठकमा आगामी सोमबारबाट संघीय संसदको हिउँदे अधिवेशन सुरु हुन लागेकाले संसदमा पार्टीको तर्फबाट खेल्ने भूमिकाका विषयमा छलफल हुने एमालेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *