उद्योग मन्त्री र गोकुल बास्कोटाबीच चर्काचर्की
उद्योगमन्त्री रमेश रिजाल र सांसद गोकुल बास्कोटाबीच चर्काचर्की भएको छ । मन्त्रीले सभापतिलेजस्तै रुलिङ गरेको भन्दै बास्कोटाले आक्रोश व्यक्त गरेका थिए ।
मन्त्री रिजालले संसदीय समितिमा धारणा राखिरहेका सांसदलाई मन्तब्य छिटो टुंग्याउन भन्दै लगातार निर्देशन दिइरहेपछि बास्कोटा आक्रोशित बनेका थिए । आफ्नो पालोमा पनि मन्त्रीको सोही व्यवहार दोहोरिएपछि बास्कोटाले मन्त्रीलाई भने, “तपाईं मन्त्री हो कि समितिको सभापति ? समितिको सभापतिलेमात्रै रुलिङ गर्न सक्छ तपाईंले होइन ।”
त्यसपछि केहीबेर चर्काचर्की परेको थियो ।