केही नेताहरुको बन्धक भएकाले देश संकटमा पर्‍यो


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुक केही नेताहरूको बन्धकमा परेकाले संकटमा पर्दै गएको बताएका छन् ।

‘संवाद यात्रा’का क्रममा आइतबार विराटनगरको गुराँस पुस्तकालयमा आयोजित कार्यक्रममा उनले अहिलेको समस्या नै मुलुक सीमित मानिसको कब्जामा हुनु रहेको आरोप लगाए । उनले पार्टी निर्वाचन र सञ्चालन पद्धति नमिलेका कारण देश केही नेताहरूको ‘सिन्डिकेट’मा परेको जिकिर गरे ।पालैपालो सत्ता सञ्चालन गर्ने प्रक्रियाका कारण मुलुकमा थप समस्या सिर्जना भएको उनको भनाइ छ ।

महामन्त्री थापाले मुलुकको अर्थतन्त्र सुधारका निम्ति कांग्रेसले चाँडै आर्थिक सम्मेलन गर्न लागेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *