टिकट वितरण न्यायोचित बनाउन सकिएन, गल्ती स्वीकार्छु : शेखर कोइराला


नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रियसभा निर्वाचनको टिकट वितरण न्यायोचित बनाउन नसकेको बताएका छन् ।

सोमबार साँझ फेसबुकमार्फत कोइरालाले सीमित सिटका कारण सक्षम आकांक्षी नेताहरूलाई न्याय गर्न चाहेर पनि सम्भव नभएको बताएका छन् ।

“तर, पनि पार्टीमा अवसरको समान वितरण र सबै पक्षको हित स्थापित होस् भन्नेमा हामी निकै चनाखो थियौँ । यति हुँदा हुँदै हामी कति सफल या असफल भयौँ,  पार्टीको वर्तमान ढाँचा, सोच र निणर्य प्रकियालाई प्रभावति गर्ने शक्ति के कस्ता छन् भनेर साथीहरूले मनन गर्नुभएको र गर्नुहुने छ भन्ने विश्वास लिएको छु,” उनले भनेका छन् ।

उनले टिकट वितरणका क्रममा आफूबाट कुनै गल्ती भए स्वीकार्दै अघि बढ्ने पनि बताएका छन् ।”न्यायोचित टिकट वितरण गर्न असमर्थ पार्टी निणर्यमा मैले गल्ती कमजोरी गरेको रहेछु भने म त्यसलाई स्वीकार्दै साथीहरूको सल्लाह र सुझावबाट भविष्यमा अगाडि बढ्ने प्रण गर्दछु,” उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *