तीन टेस्ट राष्ट्रसँगै नेपाल समूह ‘डी’ मा


अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी ट्वान्टी–२० विश्वकपमा नेपाल समूह ‘डी’मा परेको छ ।

आईसीसीले शुक्रबार सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल तीन टेस्ट राष्ट्रसँगै समूह ‘डी’मा परेको हो । यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । नेपालको समूहमा रहेको श्रीलंका सन् २०१४ को विश्वकप विजेतासमेत हो ।

ट्वान्टी–२० विश्वकपको नवौँ संस्करण यसै वर्षको जुन १ देखि ३० सम्म सञ्चालन हुने छ । नेपालले जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, नेपालले जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशविरुद्ध समूह चरणका खेलहरू खेल्ने छ ।

प्रतियोगिताको यस संस्करणमा नेपालसहित कुल २० टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा पाँच टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ । प्रत्यके समूहबाट शीर्ष दुई टिम सुपर–८ मा प्रवेश गर्ने छन् । जसबाट शीर्ष चार टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *