वीर अस्पतालको खर्च कटौतीविरुद्ध सर्वोच्चमा रिट


वीर अस्पतालमा आउने बिरामीका लागि खाना र खाजासहित अक्सिनजको खर्च कटौतीविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ ।

अधिवक्ता विमल पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र वीर अस्पताललाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । पोखरेलको रिटमा सर्वोच्चले १८ गतेलाई पेसी तोकेको छ ।पोखरेलले रिटमा खाना, खाजासँगै अक्सिजनको समेत बजेट काटेर जनताको गाससँगै सासमा पनि आर्थिक नाकाबन्दी गरेको दाबी गरेका छन् । रिटमा सरकारले आर्थिक वर्ष ०७९/८० मा एक अर्ब १९ करोड ६१ लाख १९ हजार बजेट विनियोजन गरेको तर आर्थिक वर्ष ०८०/८१ मा ७३ करोड एकलाख मात्र विनियोजन गरेको उल्लेख छ ।

उनले यसअघि बिरामीका लागि दुईपटकको खाना र दुईपटकको खानाका लागि गत आर्थिक वर्षमा तीन करोड ६५ लाख ३१ हजार विनियोजन भएको तर यसपटक त्यो बजेट पूरै कटौती गरिएको दाबी गरेका छन् ।

१३७ वर्षदेखि दिइँदै आएको रासन र अक्सिजनको सुविधा खोसेर सरकारले अमानवीय काम गरेको उनको दाबी छ ।  रिटमा अन्यत्र अस्पतालमा उपचार नपाएको गरिब र निमुखाले उपचार गराउने वीर अस्पतालमा दिइँदै आएको रासन र अक्सिजनको सुविधा कटौती गरेर सरकारले संविधानको मौलिक हकलाई चुनौती दिएको पनि दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *