चार ठूला सिमेन्ट उद्योगको विजुलीको लाइन काटियो
जगदम्बा स्टिल, रिलायन्स सिमेन्ट र अर्घाखाँची सिमेन्टसहित चार उद्योगको विजुलीको विल नतिरेको भएर लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने ४ उद्योगको लाइन काटेको हो ।
जगदम्बाले ४ अर्ब १४ करोड, रिलायन्सले १ अर्ब ९४ करोड, घोराही सिमेन्टले १ अर्ब ३६ करोड र अर्घाखाँचीले १ अर्ब ३० करोड तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।बिल भुक्तानी गर्न पटक पटक ताकेता भएपनि नतिरेपछि ती उद्योगको आजदेखि लाइन काटेको प्राधिकरणले जनाएको छ । ऊर्जा मन्त्रालयका अनुसार ३० वटा कम्पनीले मात्रै गत असारसम्म २१ अर्ब ६ करोड रुपैयाँ तिर्न बाँकी छ ।