सरकारको विकल्प खोज्ने कुरै छैन


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारको विकल्प खोज्न नपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग आज कुरा गर्दै उनले सरकारले राम्रो काम गर्दै हिम्मतका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

“सरकारले भ्रष्टाचारका विषयमा कडाइ गरेको छ, दण्डित गर्ने कदम चालेको छ भनेर प्रशंसा भएको छ,” उनले भने ।

कामको आधारमा सरकारको प्रशंसा र आलोचना गर्ने उल्लेख गर्दै उनले भने, “आलोचना, निन्दा गर्नेहरू पनि हुन्छन्, प्रशंसा गर्नेहरू पनि हुन्छन् ।”

उनले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनबीच तालमेल हुने पनि बताए । गठबन्धनका दलबीच छलफल गरेर सिटको टुंगो लाग्ने उल्लेख गर्दै नेता नेपालले गठबन्धनबीच सिटको बाँडफाँट भएपछि आफ्नो पार्टीले उमेदवारका विषयमा मापदण्ड बनाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *