चिनियाँ उपमन्त्रीको टोली काँग्रेस सभापति देउवा निवासमा


काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचाओको टोली आज बिहान नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुगेका छन्। बिहान देउवा निवासमा काँग्रेस सभापतिसँग दुई देश र दुई पार्टीबीचको सम्बन्धबारे छलफल भएको काँग्रेसका परराष्ट्र सल्लाहकार डा दिनेशकुमार भट्टराईले बताए।

ुचिनियाँ उपमन्त्रीको टोलीसँग दुई देशबीचको सम्बन्धबारे कुराकानी भयो। दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भयो,ु भट्टराईले भने, यसैगरी नेपाल चीन सम्बन्धमा काँग्रेस सरकारमा रहँदा र बाहिर रहँदा खेलेको भूमिकाबारे प्रशंसा गर्नुभयो। सभापति देउवाले चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष पुगेको उपलक्ष्यमा शुभकामना दिनुभयो।

कम्युनिस्ट पार्टीको सय वर्ष पुगेको उपलक्ष्यमा चीनमा आयोजना हुने सभामा सभापति देउवालाई चिनियाँ राष्ट्रपति सि जिनपिङले चीन भ्रमणको निम्तोसमेत दिएको भट्टराईले बताए। उनले भने, चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष पुगेको उपलक्ष्यमा आयोजित सभामा उपस्थित हुन सभापति देउवालाई सि जिनपिङले निमन्त्रणा दिएको जानकारी पनि दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *