यू-१९ एसिया कपः नेपाल पाकिस्तानसँग भिड्दै


आजदेखि एसिसी यू-१९ एसिया कप संयुक्त अरब इमिरियट्स (युएई)मा सुरु हुँदैछ। शुक्रबार नेपालको युवा टिमले पाकिस्तानको युवा टिमसँग प्रतिस्पर्धा गर्दैछ।

समूह ‘ए’मा रहेको नेपालले पाकिस्तान, भारत र अफगानिस्तानसँग खेल्दैछ। दोस्रो चरणमा प्रवेशका लागि नेपालले पाकिस्तान, भारत र अफगानिस्तानका युवा टिमलाई पराजित गर्नुपर्नेछ। नेपालका लागि शुक्रबार बिहान ११ : १५ बजे सुरु हुने पाकिस्तान विरुद्धको खेल सबैभन्दा महत्त्वपूर्ण हुनेछ। समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन्।समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपाली टोलीले एसिया कपको उपाधिको सपना देखेको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक जगत् टमटाले राम्रो खेल्दै उत्कृष्ट नतिजा निकाल्ने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *