फिफा वरियतामा नेपाल दुई स्थान तल झर्‍यो


फिफा वरियतामा नेपाल दुई स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल १ सय ७५ औं स्थानमा छ । यसअघि नेपाल १ सय ७३ औं स्थानमा रहेको थियो ।

विश्वकप छनोटको दोस्रो चरणमा युएई र यमनविरुद्ध पराजय भोगेको नेपाल वरीयतामा तल झरेको हो

दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा यथावत छ । भारत १ सय २ औं स्थानमा, अफगानिस्तान १ सय ५८ औं स्थानमा र माल्दिभ्स १ सय ६१ औं स्थानमा छन् ।नेपाल भन्दा तल रहेको बंगलादेशको १ सय ८३ औं स्थानमा, भुटान १ सय ८४ औं स्थानमा, पाकिस्तान १ सय ९५ औं स्थानमा र श्रीलंका २ सय ४ औं स्थानमा छ । विश्व वरियतामा अर्जेन्टिना पहिलो र फ्रान्स दोस्रो स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *