सर्वोच्चको प्रश्न : टीकापुर घटनाका दोषीलाई किन माफी दिइयो?


सर्वोच्च अदालतले टीकापुर घटनामा सर्वोच्च अदालतवाट दोषी ठहर भएकाहरुलाई किन माफी दिइयो भनी लिखित जवाफ पेस गर्न भनेको छ।सर्वोच्चले उनीहरुलाई माफी दिनुपर्ने कारण पेस गर्न सरकारलाई निर्देशन दिएको छ। न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले बिहीबार सरकारसहितका विपक्षीहरुसँग लिखित जवाफ माग गरेको हो।रेशम चौधरीबाहेक अरु तीन जनाको कैद सजाय छुट गर्नुको कारण लिखित रुपमा अर्को पेसीमा जवाफ दिन सर्वोच्चले भनेको छ। सर्वोच्चले २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा ८ सुरक्षाकर्मी र एक नाबालकको हत्याको घटनामा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी र प्रदीप चौधरीको कैद छुट गर्ने सरकारको निर्णयबारे लिखित जवाफ माग गरेको हो।

संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर घटनामा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरीलगायतका व्यक्तिको कैद छुट गरेका थिए।

सरकार र राष्ट्रपतिको उक्त निर्णयकोविरुद्ध टीकापुर घटनामा हत्या गरिएका प्रहरीका परिवाका सदस्य शारदा कठायत र मन्धरादेवी विष्टले २१ कात्तिकमा सर्वोच्च अदालतमा रिट दिएका थिए। रिट निवेदनमा उनीहरुले हरिनारायण, वीरबहादुर र प्रदीपको कैद छुट बदरको माग गरेका थिए। चौधरीको हकमा भने अर्को मुद्दा विचाराधीन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *