भूकम्पको केन्द्रविन्दु चित्लाङ आसपास, काठमाडौंसम्म हल्लायो
मकवानपुरमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान भूकम्पको धक्का मापन गरिएको हो ।
बिहान १ बजेर १९ मिनेटमा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको थियो ।