टिकटक बन्द गर्ने निर्णयबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश
सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले टिकटक बन्द गर्ने सरकारको निर्णयबारे सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।सर्वोच्चले टिकटक बन्द गर्नुको कारणबारे सरकारसँग लिखित जवाफसमेत माग गरेको छ ।