राष्ट्रपति कांग्रेसको प्रतिनिधि भएर काम गरिरहनुभएको छ


प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिका रूपमा काम गरिरहेको आरोप लगाएका छन् ।

राष्ट्रपति पौडेलले तनहुँ पुगेर कांग्रेसमा भोट हालेकामा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि सोही पार्टीको प्रतिनिधिका रूपमा पुगेको ओलीको भनाइ थियो ।

शनिबार च्यासलमा पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलामा उनले सुरुदेखि नै राष्ट्रपति पौडेलको पदीय निष्पक्षतामाथि शंका रहेको बताए । उनले अलोकतान्त्रिक, पक्षपातपूर्ण र संविधान सिध्याउने काममा राष्ट्रपति लागिपरेको आरोप पनि लगाए ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैजना संविधानानुसार नचलेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *