टिकटक बन्द गरेर सरकारले गैरजिम्मेवार चरित्र देखायोे


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्ययनबिना टिकटक बन्द गरेर सरकारले गैरजिम्मेवार चरित्र देखाएको बताएका छन् ।

शुक्रबा विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा नेता कोइरालाले टिकटक बन्द नगरी नियमन गर्नुपर्नेमा जोड दिए । कोइरालाले अमेरिकासहित विश्वका अन्य मुलुकले कार्यालय समयमा टिकटक बन्द गरेको उदाहरण दिए । कोइरालाले सरकार झनझन गैरजिम्मेवार बन्दै गएको आरोप पनि लगाए ।

कोइरालाले नेताहरूका कारण गणतन्त्र सही बाटोमा हिँड्न नसकेको पनि बताए । गणतन्त्र राम्रो व्यवस्था भए पनि राजनैतिक दलहरूका कारणले गणतन्त्रमाथि प्रश्नचिह्न  खडा भएको उनको भनाइ थियो ।

त्यस्तै, उनले कोसी प्रदेश सभाका कांग्रेसका सांसदहरूका कारण कांग्रेस बचेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *